आज :

परिवर्तनलाई संस्थागत गर्ने गरी विषयवस्तु उत्पादन तथा प्रकाशन गर्नुपर्छः मन्त्री शर्मा 

  • अनलाइन डबली

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक सामाजिक परिवर्तनलाई संस्थागत गर्ने गरी विषयवस्तु उत्पादन तथा प्रकाशनमा जोड दिन आग्रह गर्नुभएको छ ।

रेडियो नेपालको ७३ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै उहाँले आम सञ्चारका माध्यमहरुले अभियानात्मरुपमा सचेतनामूलक कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनुपर्ने बताउनुुभएको हो ।

‘जनयुद्ध, जनआन्दोलन, मधेश, थरुहट, जनजाति, महिलालगायत तमाम खाले संघर्षको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको छ । लोकतन्त्र, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, समानुपातिक प्रतिनिधित्व आजका हाम्रा ऐतिहासिक उपलब्धि हुन्’– उहाँले भन्नुुभयो– ‘यी उपलब्धिको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनुु अबको आवश्यकता हो । संविधानको मर्मअनुुरुप हामीले धेरै जनपक्षीय र प्रगतिशील कानुन बनाएका छौं तर यसको कार्यान्वयनले तिब्रता लिन सकिरहेको छैन ।’

हरेक क्षेत्रमा अर्थपूूर्ण समावेशी सहभागिता, पैत्रिक सम्पत्तिमा छोराछोरीको समान अधिकार, सम्पत्तिमा दम्पत्तिको समान अधिकार, जातीयलगायत विभिन्न खाले सामाजिक छुवाछुुतको समूल अन्त्यसहित विभिन्न खाले कुुप्रथाबाट नेपाली समाजलाई मुक्त गर्ने सवालमा हामीले कानुनमा स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उहाँले नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि यी महत्वपूर्ण संवैधानिक र कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि घरघरमा सचेतनाको आवश्यकता रहेको औल्याउनुुभयो । त्यसका लागि रेडियो नेपालसहित आम सञ्चारका माध्यमहरुले अभियानात्मरुपमा कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनुपर्ने मन्त्री शर्माले बताउनुभयो ।

हिमाल, पहाड र तराईको भौगोलिक विविधतालाई आत्मसात गर्दै बहुजातीय, बहुुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुुकको मूल्यबोधसहित रेडियो नेपालले मन र माटोलाई जोड्न अझै प्रभावकारी कार्यक्रम उत्पादनमा जोड दिनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले कला, साहित्य, गीत, सङ्गीत, भाषा, संस्कृति, ज्ञान, विज्ञान तथा सूचना प्रविधिको खोज, विकास र विस्तारलाई थप प्रवर्धन गर्नु यसको अभिष्ट बन्नुपर्ने बताउनुुभयो ।

विगत वर्षहरुदेखि नै सार्वजनिक प्रसारण अनुरुपका सामग्रीहरु प्रसार गर्दै पनि आएको स्मरण गर्दै आगामी दिनमा रेडियो नेपाललाई सार्वजनिक प्रसारणमा रुपान्तरण गर्न कानुन निर्माणको काम भइरहेको पनि मन्त्री शर्माले जानकारी दिनुुभयो । ‘रेडियो नेपाल सार्वजनिक प्रसारणमा रुपान्तरण भएपछि यसमा जनताको पहुँच र स्वामित्व थप स्थापित हुने अपेक्षा गरिएको छ । सार्वजनिक प्रसारणमा रुपान्तरणका लागि रेडियो नेपालका सबै सञ्चारकर्मी, प्राविधिक अन्य कर्मचारी र व्यवस्थापनको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने छ’– उहाँले भन्नुुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal