
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताएकी छन् ।
रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी हुन् । उनले कतिपय सञ्चारमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै भजनमण्डली बन्न नहुने बताइन् ।
प्रशारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरुमा नयाँ वातावरण सिर्जना हुने दाबी गर्दै शर्माले सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रश्तुत गर्ने तयारी गरिरहेको बताइन् ।
‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधि सभामा पु¥याउन खेज्दैछौँ । हामीले भनेका छाैं, सञ्चरमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ । तिनीहरु भजनमण्डली हुनुहुँदैन भनेका छौँ । भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यता अन्तर्गत अहिले प्रशारण ऐन जसरी हाम्रो संसदमा गएको छ, त्यो प्रशारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ’ शर्माले भनिन् ।
मन्त्री शर्माले जनतालाई सुसुचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरु सञ्चारमाध्यमहरुले प्रशरण एवं प्रकाशन गर्न जरुरी रहेको बताइन् ।