आज :

उपचुनावको लागि आज उम्मेदवारी दर्ता, २५ जना भन्दा बढी जान नपाइने

  • अनलाइन डबली

काठमाडौं । आज उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले चितवन २, तनहुँ १ र बारा २ मा  आउँदो वैशाख १० हुने उपचुनावका लागि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता विपरीतका ब्यानर, चिह्न र झण्डा लिएर पनि जान पाइँदैन ।

उम्मेदवारको पहिचान झल्किने लोगो, टीका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड पनि प्रयोग गर्न नपाइने आयोगले जनाएको छ । चुनावमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ ।

मंसिर ४ गतेको चुनावमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं.२ का लागि उपचुनाव हुन लागेको हो ।

उपचुनावका लागि अस्ति शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । मुख्य दलहरुले उम्मेदवार पनि तय गरिसकेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal