आज :

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने 

  • अनलाइन डबली

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal