Skip
आज :

सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री

  • अनलाइन डबली

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे बताउनुभएको छ।

शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौं महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, “आज मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु।”

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal