आज :

आज मन्त्रिमण्डल विस्तार हुँदै, आजै शपथ गराउने तयारी

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । विहीबार साँझ गठबन्धनको बैठकमा दलहरु आआफ्नो पार्टीबाट पठाउने मन्त्रीको नामको टुंगो लगाएका जानकारी प्रधानमन्त्रीलाई दिएपछि आज मन्त्रिमण्डल विस्तारको तयारी भएको हो ।

मन्त्रालयको टुंगो लागेपनि दलहरुको पार्टीमा आकांक्षी धेरै भएकोले छलफलको लागि समय मागेका थिए । प्रधानमन्त्रीले मिलेका मन्त्रालयमा मन्त्रीको नियुक्त गर्दै जाउँ भन्दा दलहरुले त्यसले विवाद झन बढ्ने बताएका थिए ।।

नवनियुक्त मन्त्रीहरुको शपथ आजै गराउने तयारी पनि भइरहेको छ । दिउँसो ३ बजेसम्म शपथ गराउने जानकारी आएको राष्ट्रपति कार्यालय स्रोतले बताएकाे छ ।

मन्त्रिमण्डल विस्तार अघि पुनः एक पटक गठबन्धनको बैठक बस्ने बताइएको छ ।

गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal