
काठमाडौँ । नेपाल सरकार र मिटर ब्याज पीडितहरुबीच वार्ता हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि बनेको सरकारी वार्ता टोली र पीडितको टोलीबीच वार्ता हुन लागेको हो ।
सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । आज अर्थात विहीबार बिहान १० बजे हुने वार्तामा पीडितले पनि पाँच जनालाई वार्तामा पठाउने बताइएको छ ।
सरकारी टोलीमा गृहकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् ।
त्यस्तै मिटर ब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा सङ्घर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।
सरकारसँग वार्ता पनि गर्ने र आन्दोलन पनि जारी राख्ने पीडितले बताएका छन् ।