काठमाडौँ । गृह मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पाउने भएका छन् ।
गठबन्धन दलको बैठकमा गृह मन्त्रालय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले पाउने सहमति भएपछि श्रेष्ठ गृहमन्त्री बन्ने निश्चि जस्तै भएको हो ।
श्रेष्ठले समालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । एकीकृत समाजवादीले आफूले पाउने मन्त्रालयको टुंगो लगाउन बैठक बसिरहेको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालय र पर्यटन माओवादीले नै राख्ने पक्का भएपनि सामान्य प्रशासन मन्त्रालय भने हेरफेर हुन सक्ने बताइएको छ ।