
काठमाडौँ । असन स्थित ५ सय वर्ष भन्दा पुरानो ऐतिहासिक सम्पदा संग जोडिएको अशोक बृक्ष (क्वथुननी) बौध विहार मासेर व्यापारिक कम्प्लेक्स बनाउन चलखेल भइरहेको भन्दै सरोकारवाला , गुठियार र स्थिनियले सरकारको ध्यान आकर्षण गराएको छ।
बौध बिहार सम्रक्षणका लागि जीम्मा पाएका गुठियार प्रतिनिधि पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको स्थानीय परिवारसँग गुठी संस्थानले करार सम्झौता बाँकी रहेतापनि सोको बेवास्ता गरि गुठीले ‘बज्रयोगिनी सामान्य बहुउद्देश्यीय’ नामको कम्पनीसँग व्यापारिक कम्प्लेक्स बनाउने र २५ वर्ष भाडामा चलाउन दिने गरी सम्झौता भएको विषय जानकारी दिने उदेस्यले आज एककार्येक्रम गरि सांसद , स्थानीय जनप्रतिनिधिलाइ, सम्पदा अभियान्ता,स्थानीयले जानकारी दिए ।
संपदा सम्रक्षण र परम्परा संचालनको जिम्मा पाएका गुठी संस्थानकै समेत मिलेमतोमा असन बजारको मध्य भागमा रहेको ‘क्वथुननी धार्मिक विहार’ मासेर व्यापारिक कम्प्लेक्स बनाउन् चलखेल भैरहेको भन्दै रोक्न सरोकारवाला , गुठियार र स्थिनियले सरकारलाई जनदबाब दिन हस्ताक्षर संकलन समेत गरिएको छ ।
‘घडी घर’ को नाममा इतिहार रहेको यस बिहार पुरातात्विक, धार्मिक महत्वको सम्पदाको सम्रक्षण र रेखदेख लागि बसालिएका १४ परिवारलाइ गुठीलाई थाहानै नदिइ मिलेमतोमा पुरातात्विक, धार्मिक महत्वको सम्पदा बेच्ने काम गर्न लागिएको बिहार संग सम्बन्धित रहेका १४ परिवारका सदस्य सजीव बज्राचार्यले बताए ।
बागमती प्रदेश सांसद हरिप्रभा श्रेष्ठ खड्गीले यस बिहार पुरातात्विक, धार्मिक महत्वको सम्पदाको महत्व बचाउन काठमाडौँ महानगरको मुख्य भूमिमा रहने बताउनु भयो। गुठीको जग्गा हडप्ने , कमिसन लिएर लिजमा दिने लिने गर्दा परम्परा , सस्कारमाथि पटक पटक प्रहार भइ रहेको यस्ता बिषयमा प्रधान मन्त्री , प्रदेश सभा समक्ष राखी निष्कर्षमा पुर्याउन भूमिका खेल्ने बताउनु भयो ।
नेपालको सांस्कृतिक केन्द्र असन बजार, नुनदेखि सुनसम्म पाउने थलो हो। जहाँ मल्लकालमा राजाहरूले विकास गरेको सबैभन्दा ठूलो व्यापारिक केन्द्र घडी घर अहिलेको सुपरमार्केट जस्तै ठूलो पसल थियो। नेवार समुदायको स्वामित्व रहेको उक्त घर पछि रणबहादुर शाहले अतिक्रमण गरेर ‘श्री ५ को वायु देवता गुठी’ सञ्चालन गरेको इतिहास रहेको छ ।
रणबहादुरकै पालादेखि गुठी चलाउन तालुकदारहरू राखिएका थिए। तालुकदारको काम घरको रेखदेख गर्दै बसिरहेका परिवारसँग भाडा उठाउने हुन्थ्यो। सुसारेहरू त्यहीँ नै बस्थे। जसले दरबारमा कोही मरेमा वायु शान्ति गर्न हनुमानढोकामा पूजा लैजान्थे। वायु शान्तिको त्यस्तो प्रचलन त राजा वीरेन्द्रका पालासम्म नै थियो।
घडी घरको भुइँतलामा ५ सय वर्षभन्दा पुरानो अमिताभ बुद्धको मूर्ति रहेको छ। जसको पुरातात्विक महत्वबारे पुरातत्व विभागले अनुसन्धान नै गरिसकेको छ। जसले मूर्ति ६ सय वर्षभन्दा पुरानो रहेको देखिएको थियो। यसैले पनि यो घर सम्पदास्थल हो भन्ने देखिन्छ। जसलाई ‘अशोक वृक्ष विहार क्वथुननी’को रुपमा आराधना गर्ने कामले त्यसको धार्मिक महत्वका साथै अमूर्त सम्पदासमेत देखिन्छ। त्यही स्थानमा बौध अनुयायी नेवार समुदायमा पञ्चदान पुजा बिधिहाल सम्म पनि कायमै रहेको छ ।
आठ आना तीन दाम क्षेत्रफलमा फैलिएको घडी घरमा अहिले १३ वटा पसल छन्। सयौँ वर्षदेखि बस्दै आएका गुठियारले नै अहिलेसम्म ननी, बिहार सबै रेखदेख गर्दै आएका छन्।
गुठी संस्थानको २०३५ सालको निर्णय बमोजिम नापीले गरेको कित्ताकाटमा ‘बहाल तिरी घरमा बसिआएको देखिने व्यक्तिहरूको नाम कैफियत महलमा जनाइ जग्गाधनी महलमा गुठी संस्थानअन्तर्गत श्री ५ को वायु देवता गुठीको घरजग्गा भनि लेखाउन सम्बन्धित नापी शाखामा अनुरोध गर्ने’ भन्ने उल्लेख गरेको पाइन्छ , साथै घरमा रहेका पसलहरू सानो-सानो कित्तामा बाँडिएकाले नापीको असहजता हुँदा ‘फिल्ड बुक’ बनाएको समेत देखिन्छ। जहाँ सन्तान दरसन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी स्पस्ट भोगचलन गरिआएको भन्ने उल्लेख छ।
पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि उनका छोरा बहादुर शाहले यो घर हड्पेको भनाइ छ। उनले दरबारमा मरेका वा मारिएका मान्छेको आत्माको शान्तिका लागि पूजाआजा गराउन ‘श्री ५ वायुदेवता गुठी’ चलाए। गुठीले यही घरबाट हनुमानढोकासम्म पूजा लैजान थाल्यो। घरबहालबाट उठेको पैसाले दसैं बेला हनुमानढोकामा पूजा लगिने यो चलन हाल सम्म पनि कायम छ ।
२०३१ सालमा नापी विभागका अधिकारी यहाँ फित्ता लिएर कित्ताकाट गर्न आए। वरपरका सबैले लालपुर्जा पाए, यो घरमा भने पसलहरू स–साना कित्तामा बाँडिएकाले नापीले सबैको एकीकृत ‘फिल्डबुक’ बनाएर गयो। उक्त फिल्डबुकमा ‘सन्तान दर सन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी भोगचलन गरिआएको’ उल्लेख छ।
गुठी संस्थानले २०७० फागुन ८ गते गरेको करार सम्झौतामा पनि ‘सन्तान दर सन्तानदेखि बसी आएको’ भनिएको छ। उक्त करार २०७० फागुन १ देखि लागू भएको हो। पाँच वर्षको म्याद छ। त्यसपछि पनि हटाउने व्यवस्था छैन। बरू प्रत्येक पाँच वर्षमा बहाल पुनरावलोकन गर्ने भनिएको छ। पुनरावलोकन गर्दा पाँच प्रतिशत वृद्धि हुनेछ। यसमा दुवै पक्षले मञ्जुरी गरेका छन्।
यो सम्झौताअनुसार बहालवालाले नियमित भाडा बुझाएसम्म हटाउन मिल्दैन। महिना गुज्रेको ६० दिनभित्र बहाल चुक्ता नगरे बल्ल पसल कब्जामा लिन सकिने उल्लेख छ। यही प्रावधानमा टेकेर बहालवालाले आफूमाथि अन्याय भएको दाबी रेखदेख तथा जिम्मा पाएका परिवारको छ ।
२०७२ सालको महाभूकम्पमा परि क्षति भएको घर भोकचलन गर्दै आएका परिवारले मर्मत गरि बस्दै आएका छन् ।१९९० को महाभूकम्पमा यो घर पूर्ण रूपमा क्षति हुदा हाल रेखदेख जिम्मा पाएका परिवारका पुर्खाले संरचनामा कुनै फेरबदल नगरी जगदेखि नै पुनर्निर्माण गरेको इतिहास रहेको जानकारहरु बताउ छन् ।