आज :

प्रधानमन्त्री कप फुटबलः फाइनल पुग्न आज नेपाल र भुटान निर्णायक खेल खेल्दै

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा आज नेपाल र भुटान खेल्दैछन् । खेलको फाइनलमा पुग्न खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

समूह चरणको यो अन्तिम खेलमा भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जित आवश्यक छ । त्यसमा समीकरण पनि भुटान अनुकूल बन्नुपर्नेछ । बराबरी भए या जितेमा नेपाल फाइनलमा पुग्नेछ ।

आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो ।

त्यस्तै शनिवार भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको थियो । लाओसले २ खेलमा ३ अङ्क तथा नेपालले एक खेलमा ३ अङ्क जोडेको छ । भुटानले अङ्क जोड्न सकेको छैन ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गरेको प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal