आज :

आज दिउँसो गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँडको टुंगो लाग्ने 

  • अनलाइन डबली

काठमाडौँ । आज दिउँसो सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठक मन्त्रिपरिषद् विस्तारमा केन्द्रीत हुनेछ । बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफाँडको खाका पेश गर्ने बताइएको छ । प्रधानमन्त्री प्रारम्भिक खाका पेश गरेपछि थप छलफल हुनेछ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका थिए । मन्त्रिमण्डल चाँडो विस्तार गर्नेमा तीनै नेता सहमति भएपछि आज गठबन्धनको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)लाई एक राज्यमन्त्रीसहित ३-३ मन्त्रालय, जसपालाई दुई मन्त्रालय दिने गरी भागवण्डाको खाका तयार पारेको बताइन्छ । अन्य साना दललाई सरकारमा समावेश गर्ने गर्ने प्रधानमन्त्री प्रचण्डले तयारी थालेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal