आज :

प्रधानमन्त्री प्रचण्डले देउवा र नेपाललाई बोलाएर भने– मन्त्रीको नाम दिनुस्

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बालुवाटार बोलाएर मन्त्रिपरिषद् विस्तारबारे परामर्श गरेका छन् ।

सोमबार विहान देउवा र नेपाललाई बोलाएर प्रधानमन्त्रीले पार्टीले सरकारमा पठाउने व्यक्तिहरुको नामबारे चाँसो राखेका थिए । प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनको आफू अन्तिम तयारीमा रहेको भन्दै चाँडो नाम दिन आग्रह गरेको बताइएको छ ।

जवाफमा देउवा र नेपालले आफूहरुले आन्तरिक छलफल गरेको भन्दै पहिला आफूहरुले पाउने मन्त्रालयको टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्रीले गठबन्धनका अन्य दलहरुसँगको बैठकपछि मात्रै मन्त्रालय बाँडफाँडको अन्तिम टुंगो लाग्ने बताएपछि भोलि ४ बजे गठबन्धनको बैठक बोलाइएको छ ।

मंगलबार ४ बजे बस्ने गठबन्धनको बैठकले मन्त्रिमण्डल विस्तारको अन्तिम टुंगो लगाउने बालुवाटार स्रोतले बतायो । भोलि नभए पर्सी मन्त्रिमण्डल पुनर्गठन गर्न तीनै शिर्ष नेताहरु सहमत भएका छन् ।

चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेपनि सरकारमा सहभागी हुने दलहरुले आन्तरिक छलफलका कारण ढिलाई भइरहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal