आज :

एमालेमा गएका माओवादीहरुलाई सुशीलको प्रश्न – जनयुद्ध लडेर तपाईँहरुले अपराध गर्नु भएको हो ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले नेकपा एमालेमा गएका माओवादीहरुलाई विद्रोह गर्न अपील गरेका छन् । उनले माओवादी नेतालाई अपराधिकरण गरेर जनयुद्धका राजनीतिक उपलब्धीलाई उल्ट्याउने खेल भएको भन्दै सबै माओवादीहरुले नयाँ शिराबाट सोच्नुपर्ने बेला आएको बताए ।

“एमालेमा गएका बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पाँच सय नेता कार्यकर्ता एमालेमा गएका छन् । तपाईँ हामीले दुःख गरेर जनयुद्ध लडेका थियौँ, त्यो के अपराध हो ? तपाईँहरुको सम्मान त्यहाँ हुँदैन भने विद्रोह गर्नुस्, जनयुद्धलाई अपराधिकरण गरेर राजनीतिक उपलब्धीहरुलाई उल्ट्याउने खेल भएको छ, माओवादीहरुले नयाँ शिराबाट सोच्नुपर्ने बेला आयो” बुढाथोकीले भने ।

सुशीलले पार्टीमा कारवाही परेकाहरु अन्त प्रवेश गरेको विषयलाई लिएर संचारमाध्यममा एकताको हल्ला चलाएको भन्दै आपत्ति समेत जनाए ।

केही दिन पहिले प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको भन्ने प्रचार हल्ला मात्रै भएको सुशीलले बताए । उनले चैत्र ७ र ८ गते पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले क्रान्तिकारी धारका पार्टीसँग एकता गर्ने निर्णय गरेको तर अहिलेसम्म कसैसँग एकता नभएको बताए ।

“हाम्रो पार्टीको कसैसँग एकता भएको छैन, लुकीछिपी केही व्यक्तिहरु अपमानित रुपमा अर्को पार्टीमा प्रवेश गरेको विषयलाई एकता भन्नु गलत हो । यो एकतावद्ध हुन लागेको माओवादी आन्दोलन र समाजवादी क्रान्तिविरुद्धको प्रचार हो । संघर्ष अगाडि बढ्ने थाहा पाएपछि केही पात्रहरु पार्टीबाट बारिएका हुन्” बुढाथोकीले भने ।

नेकपा एमालेतिर भएका पूर्वमाओवादी नेताहरुलाई फर्किन बुढाथोकीले सुझाव दिए । उनले जनयुद्धका उपलब्धीहरुको रक्षाको लागि सबै माओवादीहरुबीच नयाँ ढंगको एकता आवश्यक रहेको बताए ।

विप्लव नेतृत्वका नेकपा र नेकपा माओवादी समाजवादीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको घोषणा गरिएको थियो । अहिले दुबै पार्टीले एकताको कामलाई अगाडि बढाएका छन् । तर, औपचारिक रुपमा एकता भएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal