Skip
आज :

सोमबारसम्म मन्त्रिमण्डल पुनर्गठनको तयारी, गृह माओवादी र अर्थ काँग्रेसले समाल्ने 

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले भोलिसम्म सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । नेपाली काँग्रेससहितका दलहरुलाई सहभागी गराए सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठन हुने बालुवाटार स्रोतले बतायो ।

साझेदार दलहरुको आन्तरिक तयारी र छलफलकै कारण मन्त्रिमण्ड विस्तारमा ढिलाई भएको माओवादी नेताहरुको दाबी रहेको छ । प्रधानमन्त्रीले गठबन्धनका दलहरुसँग छलफल जारी राखेका छन् ।

नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले मन्त्रिमण्डल विस्तारको लागि अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई अधिकार दिएको छ । अन्य दलसँग छलफल गरी मन्त्रिमण्डल विस्तारको तयारीमा पार्टीले सहयोग गर्ने निर्णय भएको एक नेताले बताए ।

स्रोतका अनुसार संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले ८ र सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले ५ मन्त्रालय पाउने गरी जारी छलफल सहमति नजिक पुगेको छ । काँग्रेसले अर्थसहित ८ वटा मन्त्रालय पाउनेछ । तर, सरकारमा सहभागीताको नेतृत्व कसले गर्ने भन्नेमा काँग्रेसले निर्णय गर्न सकेको छैन ।

त्यसैगरी प्रधानमन्त्रीसँग रहेको गृह मन्त्रालय माओवादीले नै राख्ने कुरामा सबै दलहरु सहमत छन् ।

जसपाका र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालय दाबी गरेपनि २-२ पाउने र अन्य साना दललाई १–१ मन्त्रालय दिने गरी गठबन्धनमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal