काठमाडौं । नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने तयारीसँगै प्रदेश सरकार संकटमा परेको हो ।
सरकारको समर्थनबारे छलफल गर्न माओवादीले आज संसदीय दलको बैठक बोलाएको छ । माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमानका अनुसार सरकारलाई दिएको समर्थन संसदीय दलको बैठकले फिर्ता लिन निर्णय गर्नेछ।
माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
विश्वासको मत लिने क्रममा एमाले नेतृत्व ढालेर नयाँ सरकार बनाउने गठबन्धनका नेताहरु बताउँछन् ।
एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको नेतृत्व नयाँ सरकार बन्नेछ ।