
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदैछन् ।
बुधबार लिने भनिएको विश्वासको मत गठबन्धनमा छलफल गर्ने भन्दै संसद बैठक स्थगित गरिएको थियो ।
आज दिउँसो १ बजे संसद बैठक बस्दैछ ।
राप्रपाले सरकार छोडेपछि जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।
केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै प्रदेशमा पनि त्यसको प्रभाव परेको छ ।
नेकपा एमालेले विश्वासको मत दिने वा नदिने भन्ने औपचारिक निर्णय भने गरेको छैन ।