आज :

एमालेले लुम्बिनीबाट पनि हात धुनुपर्ने अवस्था, माओवादीले समर्थन फिर्ता लिँदै

  • अनलाइन डबली

दाङ । लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वका सरकार संकटमा परेको छ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेसँगै एमाले नेतृत्वको सरकार संटकमा परेको हो ।

आज बस्ने संसदीय दलको बैठकले गिरीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताइएको छ । माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने संसदीय दलको बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय हुने बताए ।

गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए ।

एमालेले केन्द्रसँगै लुम्बिनी प्रदेशमा पनि सरकारबाट हात धुनुपर्ने अवस्था आएको छ । एमालेले नेतृत्व गरेको कोशी प्रदेश र गण्डकीमा पनि यही अवस्था सिर्जना हुने निश्चित जस्तै छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal