आज :

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै, एमाले अनिर्णत

काठमाडौं । आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए ।

जम्कट्टेललाई नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदले विश्वसको मत दिएका थिए । उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेललाई नेकपा एमालेले विश्वासको मत दिन्छ वा दिँदैन भन्ने औपचारिक निर्णय भने गरेको छैन । केन्द्रको समिकरणले प्रदेशमा असर नपर्ने एमाले नेताहरुले बताउँदै आएका थिए । तर आजको विश्वासको मत दिनेबारे औपचारिक निर्णय गरेको छैन ।

गत पुस २५ गते नेकपा एमालेसहित ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal