आज :

आजदेखि प्रधानमन्त्री कप फुटबल प्रतियोगिता सुरु हुँदै, पहिलो खेल नेपाल र लाओसबीच 

  • अनलाइन डबली

काठमाडौं । आजबाट प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ६ बजे सुरु हुने पहिलो खेल आज नेपाल र लाओस खेल्ने एन्फाले जनाएको छ । नेपालले सन् २०१६ पछि लाओससँग खेल्न लागेको हो ।

प्रतियोगिताका लागि हिजो २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् ।

एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले जितेको थियो ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भए पनि नेपाली टोली खेलका लागि तयार रहेको बताएका छन् ।

नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।

विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर राखेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal