
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा प्रचण्डको पक्षमा १७२ सांसदले मतदान गरेका थिए ।
सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजन गरिएको थियो ।
नेकपा एमालेसहित ८९ सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए । प्रतिनिधिसभा बैठकमा २६२ सांसदको उपस्थित थिए । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।