आज :

अदानचुली गल्फागाडदेखि कालागाडसम्मको सडक कालोपत्रे गर्ने एडिबीको प्रस्ताव

हुम्ला । ग्रामीण पहुँच कार्यक्रम (र्याप) ले निर्माण गरेको अदानचुली गाउँपालिका अन्तरगतको गल्फागाडदेखि कालागाडसम्मको सडक कालोपत्रे गर्ने विश्व बैंक र एडिबीले गाउँपालिकालाई प्रस्ताव गरेको छ ।

गाउँपालकाका अध्यक्षसहितका जनप्रतिनिधिको अनुगमन टोलीसहित उक्त सडकको स्थलग अनुगमनमा हुम्ला पुगेका विश्व बैकंका ईन्जीनियरले उक्त प्रस्ताव गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले जानकारी दिए ।

‘गल्फागाडको साँघुढुंगादेखि कालागाडसम्मको सडक अनुगमन पश्चात आयोजित सामुहिक बैठकमा सो प्रस्ताव गरिएको थियो । उक्त खण्डको स्थलगत अनुगमन पश्चात पालिकाका जनप्रतिनिधि, प्राविधिक, स्थानीय नागरिकहरुको बैठकमा गरिएको प्रस्तावलाई हामीले सकरात्मक रुपमा लिएका अध्यक्ष सिंहले बताए ।

एडिबीकै आर्थिक सहयोगमा र्याप–२ मार्फत अदानचुलीमा १४ किलो मिटर २ सय मिटर सडक निर्माण गरिएको थियो । अदानचुली गाउँपालिकाको लाइफलाइनका रुपमा रहेको उक्त सडकलाई आगामी डेढ वर्षमा कालोपत्रे गर्दै पालिकाका अन्य काममा सहजिकरण गर्ने प्रस्ताव आएको अध्यक्ष सिंहले बताए । जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा सञ्जयसहितको पालिका अध्यक्ष सिंहको टोलीमा एडिबीका इन्जिनियर भुवनेश त्रिपाठी हुम्ला पुगेका छन् ।

सडक चौडा गर्दै कालोपत्रे गर्ने काममा कसैको घरजग्गा गएको विषयमा विवाद सिर्जना भए बैङकले काम शुरु नगर्ने पुर्व चेतावनी त्रिपाठीले दिएका छन् । ‘नालीसहित ८ मिटर चौडाईको तयारीका लागि सडक तल माथिका घर टहरा उठाउन पालिकाले आफै जिम्मेवार हुनुपर्छ’, उनले अगाडि भने, ‘शुरुको चरणमा सडक निर्माण गरेर पालिका जोड्ने त्यस पछि वडासँगै शिक्षा, स्वास्थ्य, कोल्ड स्टोर, खेतियोग्य र बजारीकरणसम्मको काम गर्ने लक्ष्य एडिबीको छ ।’

१५ वर्षे कार्यक्रमसहित गएको टोलीले गल्फागाड–कालागाडसडक खण्डको सर्वे गर्न ७ गते प्राविधिकको टोली अदानचुली पुग्ने छ । प्राविधिकको डिटेल सर्भे प्रतिवदनअनुसार एडिबीले टेण्डर आह्वान गर्ने अदानचुली ५ का वडा अध्यक्ष कमलबहादुर छत्याल र वडा ५ का वडा सदस्य सिंह बोहोराले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal