
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेस संसदीय दलको बैठकले निर्णय गरेको छ ।
आइतवार संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको जानकारी दिए ।
लेखकले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने समेत जानकारी दिए ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । सचेतक सन्तोष परियारका अनुसार आइतबार बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले र राप्रपा र नेमकिपा बाहेक सबै दलले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।