
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरिरहेका छन् । आजको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्ने बताइएकाे छ ।
नेपाली काँग्रेसले यसअघि पुस २६ मा पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।