काठमाडौँ । आज उपराष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपतिमा सत्त गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव चुनावी मैदानमा छन् । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा चुनावी मैदानमा छन् । मतपत्रमा जसपाकै प्रमीला कुमारी यादवको नाम रहेपनि उनले आफ्नो उम्मेदवारी निष्कृय बनाएको घोषणा गरेसकेकी छन् ।
तीनवटा उम्मेदवारमध्ये मुख्य प्रतिस्पर्धा गठबन्धनका यादव र एमालेकी शाक्यबीच हुने दखिएको छ । यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थन छ। झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेका छन् ।
मतपत्रमा शाक्य पहिलो क्रममा, दोस्रोमा प्रमिलाकुमारी, तेस्रोमा झा र चौथोमा यादवको नाम रहेको छ ।
कुल मतभार ५२ हजार ६२८ रहेकोमा निर्वाचित हुन २६ हजार ३१४ मत आवश्यक पर्नेछ। आयोगले मतदान सकिएलत्तै मतगणनाको थाल्ने र बेलुका ७ बजे पहिले नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको जनाएको छ ।