आज :

जनयुद्धलाई अपराधिकरण गर्नेले आफ्नो ज्यानको ख्याल गर्नुपर्छः विप्लव

  • अनलाइन डबली

काठमाडौँ । नेकपाका महासचिव विप्लवले जनयुद्धलाई अपराधिकरण गर्न खोज्नेहरुले आफ्नो ज्यानको पनि ख्याल गर्नुपर्ने चेतावनी दिएका छन् । नेकपा र नेकपा माओवादी समाजवादी बीचको पार्टी एकता कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

विप्लवले जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी समेत दिए । उनले जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्नुपर्ने चेतावनी दिए ।

नेकपा र नेकपा माओवादी समाजवादीबीचको पार्टी एकता भएको छ । उक्त कार्यक्रममा बोल्दै विप्लवले जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरुलाई छुट दिन नसकिने बताए ।

“‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र ? २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र ? जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो । तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ । त्यो पनि अपवाद हो । जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो । यो जनताले लडेको युद्ध हो । सुकुम्बासी, महिला, मजदुर, श्रमिक जनताले लडेको युद्ध अपवादमा या एउटा युद्ध हो । तर लडेको मान्छे अपराधीकरण गरिँदैछ के यहाँ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन, जसले जनयुद्धलाई अपराधीकरण गर्ने उद्देश्यले आएको छ ऊसले आफ्नो जीवनको पनि ख्याल गर्नु पर्छ” विप्लवले भने ।

दलाल, पूजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु भएको विप्लवले दाबी समेत गरे ।

पछिल्लो समय पार्टीहरू विदेशीको गोटी बन्नु नियति भएको बताउँदै विप्लवले “एमालेले भन्छ माओवादी विदेशीको गोटी बन्यो । एमाले सरकार बन्यो भने माओवादीले विदेशीको गोटी बन्यो भन्छ । विदेशीको गोटी बन्नु नियति हो । यो बाध्यता हो’ विप्लवले भने, ‘संसदवादमा फसेपछि फन्को मारेपछि अगाडि बढ्ने हिम्मत नगरेपछि कसै न कसैको गोटी बन्नै पर्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal