आज :

तामझामसहित छोरीको घर पुगिन् निवर्तमान राष्ट्रपति भण्डारी

  • अनलाइन डबली

काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी छोरीको घर पुगेकी छन् । शीतलनिवासबाट बिदाइ गरेसँगै भण्डारी बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको घरमा पुगेकी हुन् । निजी निवासको पुनःनिर्माणको काम नसकिएका कारण भण्डारी केही दिन छोरीकै घर बस्ने बताइएको छ ।

रामचन्द्र पौडेलले शपथ लिएसँगै भण्डारीको बिदाई गरिएको थियो । भण्डारीले आसन हस्तान्त्रण गरेर बिदाई भएकी हुन् ।

नेपाली सेनाको सलामी खाएर तामझामसहित गणतन्त्र नेपालको दोस्रो तथा दुई कार्यकाल राष्ट्रपति भएकी छोरीको घर पुगेकी हुन् । घरभित्र पस्नुअघि भण्डारीले छोरीको हातबाट सगुन खाएकी थिइन् ।

नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा २१ तोपको सलामी अर्पण गरेको थियो । साथै भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले बिदाइका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

भण्डारी दुई कार्यकालपछि शितल निवास बिदाई भएकी हुन् । नेपाली सेनाको विशेष टोलीले राष्ट्रपति भण्डारीलाई छोरीको घर पु¥याएको थियो ।

भण्डारीले सरकारी सुविधासहित शितल निवास छोडेकी हुन् । अब पहिलो राष्ट्रपति रामबरण यादवले जतिकै सरकारी सुविधा पनि भण्डारीले लिने भएकी छन् ।

दुई कार्यकाल राष्ट्रपति हुँदा निकै तडकभडक देखाएकी भण्डारीको बिदाईमा तामझामका साथ गरिएको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal