आज :

ताम्रकार समाजमा सामुहिक बाह्रा (सुर्य दर्शन, गुफा )

  • अनलाइन डबली

काठमाडौँ  । आफ्नी नौ बर्षीया छोरीलाई आफुबाट चार चारदिन अलग राख्नुपर्दा भक्तपुरकी निजिना कायष्ठ ताम्रकारलाई कम्ती छट्पटी भएका होइनन् । पेशाले चिकित्सक उनी नेपालमा बालिकाहरुलाई चाहिने अनिवार्य बिधीव्यवहार बा¥ह्रा (गुफा) राख्नका लागि ताम्रकार समाजको जिम्मामा छोरीलाई छाडेर गएकी थिई । उता छोरी इप्सा कायष्ठ भने यस अवधिभर औधी खुसी थिई । उनलाई आमा साथमा नभएको फिटिक्कै अनुभूति थिएन, किनभने उनकै उमेरका थप २३ जना केटी साथीहरुसँगै बस्ने, खेल्ने, खानेका साथै विभिन्न नयाँनौलो कुराहरु सिक्न पाइरहेकी थिई । आफूपनि कामको सिलसिलामा बाहिर बाहिर रहनुपर्ने भएकोले छोरीको लागि चाहिने अनिवार्य विधीव्यवहार घरमै गर्न सम्भबै नभएको डा. निजिना बताउँछिन् । यस्ता विधी व्यवहारलाई सामुहिक रुपमै गरिदिएकोमा ताम्रकार समाज प्रति कृतज्ञ छिन् उनी ।

ताम्रकार समाजको व्यवहार व्यवस्था उपसमितिबाट पाँचौं पटकको सामुहिक बाह्रामा कुल २४ जवान कन्याहरुको सहभागिता रहेको छ । समाजका निवर्तमान अध्यक्ष रविन्द« राज ताम्रकारको भनाईलाई मान्ने होभने समाजबाट गरिदैँ आइरहेको विभिन्न कार्यहरु मध्येपनि आत्मसन्तुष्टी दिने खालको कार्य हो यो । नेपाली परम्परा अनुसार बालिकाहरुको शारिरीक स्थितिको विकासको लागि अपरिहार्य बिधीलाई ताम्रकार समाजले सामुहिकरुपमा गर्दै आइरहेको उहाँले बताउनु भयो । समाजका अध्यक्ष बिनोद ताम्रकारले समाजले सदैव नेपाली परम्परा, संस्कृति, संस्कार, बिधीव्यवहार, सम्पदाहरुको संरक्षण, सम्वद्र्धनका लागिकामगर्दै आइरहेको बताउनु भयो । उहाँले परम्परागत बा¥ह्रा (गुफा) विधी व्यक्तिगतरुपमा गर्दा सा¥है खर्चिलो हुनाका साथै विभिन्न कठिनाईहरु आउने भएरपनि सामुहिकरुपमा यस कार्यलाई गर्दै आइरहेको बताउनु भयो ।
उपसमितिका संयोजक मनोज ताम्रकारले समाजबाट नियमितरुपमा सामुहिक बेलविवाह, ब्रतबन्ध जस्तै बा¥ह्रा (गुफा) पनि विगत केही बर्षदेखि गर्दै आइरहेको बताउनु भयो । उहाँले नेवारी परम्परा अनुसार २४ कन्याहरुलाई एउटै कोठामा राखेर बा¥ह्रा (गुफा)को आवश्यकता, महत्वका बारेमा तथा शारिरीक विकासका विविध पक्षहरुका बारेमा ज्ञान दिइने गरेको भन्नु भयो । सो अवधिभर सहभागी कन्याहरुलाई विभिन्न श्रोत व्यक्तिहरुको माध्यमबाट व्यक्तित्व विकास, उत्प्रेरणा, सकारात्मक सोच, शारिरीक विकास, यौन दुव्र्यवहार, साइवर अपराध, स्वास्थ्य, कला, संस्कृति, सम्पदा, योगा लगायतका क्रियाकलापहरु गराउँदै आइरहेको थियो । यसका साथै सहभागीहरुलाई प्रत्येकदिन चित्रकला तथा नृत्यकलाको प्रशिक्षण पनि दिइएको थियो ।
सो सामुहिक बा¥ह्रा (गुफा) को अवलोकन गर्न तथा सहभागी कन्याहरुको मनोवल बढाउन आउनु भएका ललितपुर महानगरपालिकाका उपमेयर मंजली शाक्य बज्राचार्यले समाजको उक्त कार्यको उच्च प्रशंसा गर्दै अन्य समाजहरुले पनि यस्ता कार्यहरुको अनुसरण गर्नुपर्ने बताउनु भयो । यसका साथै ताम्रकार समाजबाट हालै आयोजना गरिएको सामुहिक ब्रतबन्धमा पनि २० जवान वटुकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal