आज :

माओवादी पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनः प्रतिगमनकारीविरुद्ध एकजुट भएर प्रतिवाद

  • अनलाइन डबली

काठमाडौँ । माओवादी पार्टीहरुले आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्धा नभएर सिंगो माओवादी आन्दोलनविरुद्धकै विरुद्ध भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जनयुद्ध र जनआन्दोलनलाई संविधानले अनुमोदन गरी सेकेको बताउँदै त्यसविरुद्ध मुद्धा दायर गर्नु गलत भएको बताए । उनले संक्रमणकाली न्यायको मान्यताभन्दा फरक ढंगबाट मुद्धा हालिएको बताए ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले द्वन्द्वकालीन मुद्दालाई नियमित अदालतमा लगेपछि शान्ति प्रक्रिया भंग हुन लागेको भन्दै चिन्ता बढेको बताए । जनयुद्धकालि मुद्दालाई फौजदारी मुद्दाअन्तर्गत अदालतमा लगिएको विषयले शंका उत्पन्न गराएको बताए ।

“शान्ति सम्झौता भएको झन्डै १६ वर्ष पुग्दै छ । १६ वर्षको यो यात्रामा शान्ति प्रक्रियाले परिकल्पना गरेको राज्यको अग्रगामी पुनर्संरचना गर्दै विभिन्न जातीय, क्षेत्रीय, लैंगिक मु्द्दाहरूलाई सम्बोधन गर्दै, राज्यको अग्रगामी पुनर्संरचना गर्दै, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्ने भन्ने प्रतिबद्धताका साथ तत्कालीन विद्रोही माओवादी पक्ष र राज्यको बीचमा सम्झौता भएको हो” गुरुङले भने ।

कार्यक्रममा नेकपाका महासचिव विप्लव, हिसिला यामी, प्रभु साह, आहुती, कर्णजीत बुढाले प्रचण्डविरुद्ध मुद्धा दायर गर्नु भनेको जनयुद्धबाट प्राप्त राजनीतिक उपलब्धी विरुद्ध लाग्नुभएकोले एकजुट भएर प्रतिवाद गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal