आज :

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जना उम्मेदवार, को-को हुन् उनीहरु ?

  • अनलाइन डबली

काठमाडौँ । सत्ता साझेदार दलहरूले उपराष्ट्रपतिमा तीन जना उम्मेदवार बनाउने निर्णय गरेको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित १० दलको बैठकले साझा उम्मेदवार चयन गर्न नसकेपछि तीन जना उम्मेदवार हुने भएका छन्।

शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भए पनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिएका हुन्।

सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए।

‘८ दलबाट आज ३ जनाले उम्मेदवारले दर्ता गर्नेछन्। भोलि फेरि शीर्ष नेताबीच हुने छलफलले अन्तिम टुंगो लगाउने कुरा भएको छ’, उनले भने।

अध्यक्ष राउतका अनुसार जनमत पार्टीकी ममता झा र जसपाबाट दुई जना उपराष्ट्रपतिको उम्मेदवार हुनेछन्।

राष्ट्रपति पुरूष भएपछि उपराष्ट्रपतिमा जुनसुकै समुदायको भए पनि महिला नै हुनुपर्ने एउटा जिम्मेवारी हुने भएकाले जनमत पार्टीका तर्फबाट ममता झालाई अगाडि सारिएको राउतले बताए।

‘निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिला ने हुनुपर्ने निर्णय गरेपछि हामीबीच सकेसम्म महिला नै उठाउनेबारे छलफल भएको छ। यसमा रिस्क नलिने दलहरुबीच कुरा भएको हो’, उनले भने, ‘किनभने आयोगले संविधानको धारा ३८ (४) लाई कोट नै गरेको छ । जसमा महिलालाई पनि समावेशी समानुपातिक गर्नुपर्ने भनेको छ । त्यही भएर राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला नै बनाउने जिम्मेवारी हुन्छ।’

जसपाले भने पुरुष र महिला गरी दुई जनाले आज उम्मेदवारी दर्ता गर्ने तयारी गरेको राउतले जानकारी दिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal