आज :

पशुपति सरसफाइ अभियानः पर्यटनमन्त्री किराँती आफैँ कुचो समाएर अभियानमा

  • अनलाइन डबली

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको निर्देशनमा पशुपति सर‍सफाइ सुरु भएको छ । तीन महिनासम्म चल्ने अभियानमा सबै सहभागी हुन उनले आग्रह समेत गरेका छन् ।

मन्त्री किरातीले आफैले कुँचो समाएर सरसफाइमा जुटेका थिए । उनले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताए । उनले पशुपति क्षेत्र सफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर बुझाउन निर्देशन दिए ।

शनिवारबाट सुरु भएको अभियान तीन महिनासम्म चल्नेछ । सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै मन्त्री किरातीले आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताए । उनले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश सफा गर्न नसकिने बताए ।

सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै किरातीले समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताए ।

सो अबसरमा किरातीले आफूले मन्त्रालय अन्तर्गतका सबै निकायहरूलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले जानकारी गराउँदै काम नभए कारबाही गर्ने चेतावनी समेत दिए ।

अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाइ अभियान सञ्चालन हुनेछ ।

यसअघि बागमतीको सरसफाइ जारी रहेपनि अभियानात्मक रुपमा पशुपतिको सरसफाइ गरिएको थिएन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal