आज :

प्रधानमन्त्री प्रचण्डविरुद्धका दुईवटै रिट न्यायाधीश खतिवडाको इजलासमा

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डविरुद्ध दुबै रिट न्यायाधीश इश्वप्रसाद खतिवडाको एकल इजलासमा परेका छन् । विहीबार हेर्न नभ्याइने भन्दै पेशी आजको लागि सारिएको थियो ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । दुबै रिट आज खतिवडाका इजलासको ट र ठ नम्बरमा गरेका छन् ।

प्रचण्डले २०७६ साल माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा जनयुद्धकालमा १२ हजार जनाको जिम्मा अरुले लिनेभए आफूले पाँच हजार जनाको जिम्मेवारी आफूले लिने बताएका थिए ।

उक्त अभिव्यक्तिविरुद्ध उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal