आज :

नेकपा सल्यानले बुझायो जिल्लाका १० वटै पालिकालाई ज्ञापनपत्र

  • अनलाइन डबली

सल्यान । नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाका १० वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ। सल्यानमा रहेका ३ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा बिहिवार पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाइएको अनलाइन डबलीलाई सूचना आएको छ ।

पार्टीको केन्द्रीय याेजना अनुसार जनताले भाेग्नु परेका स्थानीय समस्याहरु समेटेर हरेक पालिकामा पार्टीले ज्ञापनपत्र बुझाएको पार्टीका केन्द्रीय प्रतिनिधि तथा उत्तर सल्यान जिल्ला इन्चार्ज भीम सीले बताएका छन् । पार्टीको उत्तर जिल्लापट्टी  भीम सी र जिल्ला सचिव  मदन सीकाे नेतृत्वमा ज्ञापनपत्र बुझाइएको थियो भने दक्षिण जिल्लापट्टी पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज  अनिल सी र जिल्ला सचिव  वीर बहादुर सीकाे नेतृत्वमा ज्ञापनपत्र बुझाइएको नेकपा सल्यानले जानकारी दियाे।

‘जनताका स्थानीय समस्याहरुलाई समेटेर ज्ञापनपत्र बुझाउने काम भएको छ। ज्ञापनपत्रमा समावेश भएका बिषयहरु समयमा सम्बाेधन भएनन् भने जनतालाई साथमा लिएर आन्दोलन गर्ने हाे।’ जिल्ला इन्चार्ज भीम सीले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal