आज :

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, को हुन् रामचन्द्र ?

  • अनलाइन डबली

काठमाडौं । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट राष्ट्रपति पदका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभारसहित निर्वाचित भएका छन् । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएर निर्वाचित भएका हुन् ।

पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाएका थिए ।

नेकपा एमालेको तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ पौडेलसँग पराजित भएका छन् । उनले १५ हजार ५१८ मत भार पाए । उनले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन् ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

को हुन् रामचन्द्र ? 

  • विसं. २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल
  • २०१७ सालमा राजा महेन्द्रले तत्कालिन प्रधानमन्त्री वीपी कोइराला जेल परेपछि रामचन्द्र राजनीतिमा आएका हुन् । त्यतिबेला उनी १६ वर्षका मात्र थिए ।
  • २०३३ वीपी कोइराला  सालमा भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरे पौडेलले । त्यतिबेलादेखि नै पौडेलले पार्टीभित्र समन्यकारी भूमिकाको अभ्यास गर्न थालेका थिए
  • २०१८ सालमा नेपाली कांग्रेसद्वारा सञ्चालित सशस्त्र क्रान्तिमा पौडेलले सहभागी भए ।
  • २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ताको रुपमा सक्रिए भए ।
  • २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित ।
  • २०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत ।
  • २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल पनि सहभागी । उनी संस्थापक केन्द्रीय सदस्य बने ।
  • २०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक ।
  • २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य ।
  • २०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित ।
  • २०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री ।
  • २०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट निर्वाचित ।
  • २०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित ।
  • २०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित ।
  • २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री ।
  • २६२ सालमा कांग्रेस महामन्त्री भए ।
  • २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक ।
  • २०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री ।
  • २०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति ।
  • २०६४ संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित ।
  • २०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित ।
  • २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित ।
  • २०७९ मा तनहुँबाट पुनः निर्वाचित ।
  • २०७९ फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal