आज :

विषादी परीक्षणसम्बन्धी प्रस्ताव समितिमा छलफल गरी यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्ने सरकारको निर्णय

  • अनलाइन डबली

काठमाडौँ । सरकारले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्तावलाई मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र पेश गर्ने निर्णय गरेको हो ।

केही संचारमाध्यम र राजन्ीतिक दलका नेताहरुले भारतबाट विषादी परिक्षणबिना नै तरकारी आयात गर्न दिन विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता लगिएको बताएका थिए । तर, सरकारले अस्वीकार गरेको थियो ।

यसअघि प्रधानमन्त्री कार्यालयको टोली काठमाडौंको कालिमाटीमा सञ्चालित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण गरेको थियो ।

फागुन १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal