आज :

आज राष्ट्रपति चुनावः १० देखि ३ बजेसम्म मतदान, बेलुका ७ बजेभित्र नतिजा सार्वजनिक

  • अनलाइन डबली

काठमाडौं । आज राष्ट्रपतिको चुनाव हुँदैछ । गणतन्त्र स्थापना भएपछि यो नेपालको तेस्रो राष्ट्रपति चयन हुन लागेको हो । निर्वाचन आयोगले हिजो साँझ नै राष्ट्रपति चुनावको सबै तयारी भएको जनाएको थिए ।

संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको व्यवस्था आयोगले गरेको छ ।

राष्ट्रपतिको लागि रामचन्द्र पौडेल र सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ । पडौल गठबन्धनबाट र नेम्वाङ नेकपा एमालेकाो तर्फबाट उम्मेदवार बनेका छन् ।

मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक तयारी आयोगले गरेको छ ।

संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन् । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । उनको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।

भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal