
ललितपुर । साधना महिला पत्रकारितामा तीन महिला पत्रकारहरु सम्मानित भएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूले आज १ सय १३अाैं अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा क्रमस थाहा एफएमका सञ्चुकुमारी लामा, नेपाल टेलिभिजनका अञ्जना शिल्पकार र गाेर्खापत्रका फाेटाेपत्रकार कविता थापालाई साे सम्मान प्रदान गरिएकाे हाे ।
ललितपुरकाे पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा आयाेजित एक समाराेहकाबीच पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष एवं संयाेजक रचना श्रेष्ठले फुलमाला लगाई, नेपाल अादिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राईले दाेसल्ला अाेढाई र ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी (अास्था) शाक्यले सम्मानित हुनेहरूलाई सम्मानपत्र प्रदान गर्नुभयाे । नेपालका पहिलाे पत्रकार साधना प्रदानकाे नाउँमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण याेगदान पुर्याउने महिलालाई साे सम्मान प्रदान गरिएकाे उपाध्यक्ष एवं कार्यक्रम संयाेजक रचना श्रेष्ठले जानकारी दिनुभयाे । साे अवसरमा उपमेयर शाक्यले पत्रकारिता क्षेत्रमा अादिवासी जनजाति महिलाकाे उपस्थितिकाे लागि महानगरपालिकाले ठाेस काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले महिलामाथि हुने विभेद, सामाजिक रूपान्तरण र अादिवासी जनजातिकाे मुद्दा उठानका लागि पत्रकारहरूकाे महत्वपूर्ण भूमिका रहेकाे बताउनुभयाे ।
साे अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एवं वरिष्ठ महिला साहित्यकार सुलाेचना मानन्धर धितालले नेपालका पहिलाे महिला पत्रकार साधना प्रधान अधिकारीकाे संघर्षपूर्ण जीवनगाथा, सामाजिक परिवर्तनप्रति अटुट प्रयासकाे विषयमा केन्द्रीत गर्दै अाफ्नाे भनाई राख्नुभयाे । उहाँले विभिन्न भाषाभाषीकाे साहित्य क्षेत्रका महिलाहरूकाे व्यक्तित्व र याेगदान बारे सञ्चारमाध्यमले उचित प्राथमिकता दिनुपर्नेमा खाँचाे अाैल्याउनुभयाे। नेपाल अादिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) का अध्यक्ष गजुरधनराईले सञ्चारमाध्यममा अादिवासी जनजाति महिलाकाे पहुँच, समाचारमा लैङ्गिक सवाललाई उठाउन फाेनिजले काम गर्दै अाएकाे बताउनुभयाे । अध्यक्ष राईले नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन, मातृभाषाकाे पत्रकारिताकाे विकास गर्न राज्य र स्थानीय तहले ठाेस काम गर्नुपर्ने बताउनुभयाे ।
यसै गरि क्रियाशील महिला पत्रकार मञ्चका अध्यक्ष संगीता लामाले अादिवासी जनजाति महिलाहरूलाई ठूलठूला सञ्चारमाध्यममा काम गर्ने हैसियतमा पुर्याउन ज्ञान, सीप र तालिम दिने कार्यलाई प्राथमिकता राख्नुपर्नेमा जाेड दिनुभयाे । साे अवसरमा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले आधा आकाश ढाकेका महिलाहरूकाे अधिकार प्रति उदासिनताले समाज परिवर्तन नहुने विचार व्यक्त गर्नुभयाे । साे अवसरमा पत्रकार राष्ट्रिय दबूका महासचिव के.के मानन्धर, सहसचिव सुनीता डंगाेल र पुरस्कृत हुनेहरूकाे तर्फबाट सन्चु लामाले राज्यका हरेक निकायमा महिलाकाे समानुपातिक प्रतिनिधित्वकाे लागि पत्रकारिताकाे भूमिका प्रभावकारी हुनुपर्नेमा केन्द्रीत गर्दै आफ्नाे धारणा राख्नुभयाे ।