काठमाडौं । नेपालमा फेरि पश्चिमी वायुको प्रभाव परेको छ । पश्चिमी वायुका कारण पश्चिम नेपालमा बर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
महाशाखाका अनुसार बुधबार र बिहीबार पनि देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।