काठमाडौा । माओवादी नेताहरु एउटै मंचमा उभिएर जनयुद्धका सहिदलाई सम्झेका छन् । उनीहरुका सपना पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
शहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेशनले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेकपा बहुमतका संयोजक धमेन्द्र लगायतका नेताहरु एउटै मञ्चमा देखिएका हुन् ।
नेकपा माओवादीभित्र फुट आएको लामो समयपछि नेताहरु एउटै मञ्चमा देखिएका हुन् । फाउन्डेशनले शहिद तथा वेपत्ता योद्धाहरुले तत्कालीन जनयुद्धमा गरेको योगदान र नेतृत्वको दायित्वबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाबुराम भट्टराईले आफूहरु फरक फरक धारमा रहेपनि गन्तव्य एउटै भएको बताए । उनले फरक फरक धारमा बगेका नदीहरु पुग्ने समुन्द्रमै भएको भन्दै एक ठाउँमा आउन सक्ने बताए ।