आज :

ओखलढुंगामा जीप दुर्घटनामा परी दुई जनाको मृत्यु, १० जना घाइते

  • अनलाइन डबली

काठमाडौँ । ओखलढुङ्गामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा ना.१ ज ८४८३ नम्बरको बोलेरो जीप दुर्घटनामा हुँदा अन्य १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी चिसंखुगढी–३ घर भएका मीनबहादुर श्रेष्ठ र एक अर्का मृतकको पहिचान खुलेको छैन । जीपमा १३ जना सावर थिए ।

घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

दुर्घटनामा परेर घाइते हुनेमा भक्त बहादुर थापा, चालक सुमन कार्की, तुलसा धमला, २ वर्षीय बालक विनय धमला, तीर्थलक्ष्मी श्रेष्ठ, केन्द्रबहादुर कार्की, आयुशा श्रेष्ठ, शर्मिला श्रेष्ठ, ४ वर्षीय लरिसा श्रेष्ठ र खेमबहादुर खत्री छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal