काठमाडौँ । आठ दलीय गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको छ ।
बैठकमा राष्ट्रपति, उपराष्ट्रपति र प्रदेश सरकारबारे छलफल हुने नेताहरुले बताएका छन् । त्यस्तै, पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डले तयारी थालेका छन् ।


अनलाइन डबली


