आज :

सुशासन र समृद्धिमा जोड दिउँ : प्रधानमन्त्री

  • अनलाइन डबली

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरू तथा मन्त्रालयका सचिव सहितको टोलीसँग बिहिबार भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेश गर्न प्राध्यापक डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पूर्व सचिव र बिज्ञहरू रहेको छ सदस्यीय कार्यदल गठन गरेको छ। सोही कार्यदलको कार्यप्रगति र प्राथमिकताबारे टोलीले प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेको हो।

‘सुशासन, सामाजिक न्याय र समृद्धि सजिलो छैन’ रिपोर्टिङ सुनेपछि प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- ‘तर त्यसलाई कायम नगरी अगाडि बढ्नै सकिँदैन। प्रधानमन्त्रीले कार्यदलबाट ठोस र गहकिलो सुझावको अपेक्षा गरिएको बताउनुभयो।

कार्यदलका सदस्य सचिव अर्जुनप्रसाद अर्यालले कार्यदलले सुझावका लागि हालसम्म गरेका र अब गर्ने प्रक्रियागत कामबारे विस्तारमा ‘रिपोर्टिङ’ गर्नुभएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal