आज :

सञ्चार र सूचना प्रविधि क्षेत्रको कानुन परिमार्जन प्राथमिकतामाः मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा कानुन परिमार्जनलाई मुख्य जोड दिने नीति लिएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको भेटघाटमा उहाँले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा सुधार ल्याउन पुराना कानुन बाधक भएकाले कानुन परिवर्तनमा जोड दिएुको बताउनुभएको हो । ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भएर मुलुक धेरै अगाडि बढे पनि यी सूचना सञ्चारको क्षेत्रमा पञ्चायतकालीन कानुन नै कायम रहेकाले यी क्षेत्रलाई संघीय लोकतानित्तक गणतन्त्र अनुकूल बनाउन समस्या देखिएकाले। कानुन परिमार्जनमा जोड दिइएको उहाँले बताउनुभयो ।

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चारलगायतका ऐन निर्माणको तयारीमा रहेको जानकारी दिंदै उहाँले आम सञ्चारलाई थप परिस्कृत र व्यवस्थित गर्नु आवश्यक रहेको बताउनुभयो । सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्ने उल्लेख गर्दै उहाँले सरकारले गरेका राम्रा कामको प्रचार र सरकारले सुधार्नुपर्ने कामको बारेमा खबरदारी गर्नुपर्ने बताउनुभयो ।

संविधान, कानुन र राज्यले गरेका निर्णयले निर्णयलाई जनताको बिचमा लैजाने सञ्चारमाध्यमको दायित्व भएको उल्लेख गर्दै उहाँले जनताले राज्यबाट पाएका सुविधा र गुनासोको पनि यथार्थ जानकारी लिएर जनता र राज्यबिच पुलको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

सञ्चारसँगै सूचना प्रविधि क्षेत्रको व्यवस्थापन ठूलो सवाल भएको र यो जनताको प्रत्यक्ष जीवनसँग जोडिने भएकाले यसमा आवश्यक नीति र संचना निर्माण गर्न आफू जुटेको मन्त्री शर्माले जानकारी दिनुभयो । भर्खरै सरकारी वेबसाइटहरुको एकीकृत सञ्चालन र अनुगमन प्रणाली सुरु गरिएको उल्लेख गर्दै उहाँले साइवर सुरक्षासँग सम्बन्धित नीतिगत, कानुनी र संरचनागत विकासका लागि उच्चस्तरीय आयोग गठन गरिएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा, बरिष्ठ उपाध्यक्ष कमल गिरीलगायत सहभागी नेताहरुले नेपालको पत्रकारिता क्षेत्रमा सुधारका लागि विभिन्न सुझाव दिनुभएको थियो ।

कार्यक्रम सहजीकरण सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माका सञ्चार विज्ञ एवं संगठनका केन्द्रीय अनुशासन समिति संयोजक नरेन्द्र केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal