आज :

आठ दलीय गठबन्धनको आज बागमती प्रदेशका सांसदहरुलाई अभिमुखीकरण

  • अनलाइन डबली

काठमाडौं । आठदलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदहरुलाई राष्ट्रपति चुनावबारे अभिमुखीकरण कार्यक्रम गर्दैछ । राष्ट्रपति चुनावमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

विहीबार राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुलाई अभिमुखीकरण गरिएको थियो । यसअघि गठबन्धनको बैठकले संघ र प्रदेशका सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आज दिउँसो १ बजे नयाँ वानेश्वरको आनन्द इभेन्टमा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा गठबन्धनले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal