
काठमाडौं । स्ववियु चुनाव नजिकिँदै गर्दा नेपाल विद्यार्थी संघको विवाद कुटाकुट र कार्यालय तोडफोडमा पुगेको छ । विहीबार दिउँसो त्रिभुवन विश्वविद्यालमा दुई समूहबीच कुटाकुट भएको थियो ।
दिउँसो संस्थापन पक्ष र इतर समूहका नेताबीच कुटपिट भएको थियो । संस्थापन समूहले अर्का नेता शिव रिमालले आफूहरुमाथि सांघातिक हमला भएको बताएको छ ।
नेविसंघका नेताहरुले दिउँसोको विवाद सकिएको बताइरहेका थिए तर साँझ पुनः रिमाल समूहले कार्यालय तोडफोड गरेको छ ।
संस्थापन र रिमाल समूहले बेग्लाबेग्लै स्ववियु चनावको तयारी गरेपछि विवाद झडप-तोडफोडमा पुगेको हो ।