
काठमाडौँ । कान्तिपथ तीन हप्ता बन्द हुने भएको छ । काठमाडौँ– हेटौंडा सडकमा आज (फागुन १८) देखि आगामी चैत १० गतेसम्म सवारी साधनलाई रोक लगाइएको छ ।
सडक मर्मतको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कान्ति लोकपथ हुँदै काठमाडौँ–हेटौंडा चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
काठमाडौंबाट हेटौंडा जान थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी र हेटौडाबाट काठमाडौँ आउन हेटौडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्न पाइनेछ ।
यसअघि फागुन १ गतेदेखि हेटौडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं र हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं जोड्ने सडक मर्मतका लागि दुई महिनाका लागि बन्द गरिएको छ ।