आज :

अब १ नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’, खुशियालीमा आज सार्वजनिक बिदा 

  • अनलाइन डबली

काठमाडौं । अब एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ हुने भएको छ । बुधबार बसेको प्रदेशसभामा नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्ताव दुई तिहाई मतभन्दा बढी मतले पारित गरेको थियो ।

लामो समयदेखि नामाकरण हुन नसकेको प्रदेशको नाम प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनले टुंगो लागेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेसहित नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएपछि दुई तिहाई जुटेको हो ।

कुर्सी धरमराएका मुख्यमन्त्री हिक्मत कार्कीको लागि नामाकरण ठूलो सफलता हो । प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेले संसद सचिवालयमा बुधबार बिहान दर्ता गरेको थियो ।

प्रदेशसभाका ९२ सांसदमध्ये ८२ जनाले पक्षमा र ४ जनाले विपक्षमा मतदान गरेका थिए । त्यस्तै, ६ जना सांसद अनुपसुथित रहेका थिए ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने पहिचान र सामथ्र्यको आधारमा ‘किरात लिम्बुवान सगरमाथा’ नाम हुनुपर्ने प्रस्ताव दर्ता गरेको थियो । उक्त प्रस्ताव नै प्रदेशसभाले पारित नगरेपछि मत विभाजनको प्रक्रियामा गएन । प्रदेशसभामा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

प्रदेशको नामाकरण भएको खुशीयालमीमा आज सरकारले सार्वजनिक बिदाको घोषणा भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति निकालेर आज प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश सरकारले नामकरण भएको उपलक्ष्यमा प्देशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal