
काठमाडौँ । चितवनको क्षेत्र नं. २ मा चुनावी चहलपहल बढेको छ । निर्वाचन आयोगले आगामी वैशाख १० गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । चुनावी प्रयोजनको लागि दल दर्तासँगै राजनीति पार्टीबीच अनौपचारिक छलफल सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार फागुन १६ गतेसम्म १८ दल दर्ता भइसकेका छन् । अजै केही दल दर्ताको प्रक्रियामै रहेको बताइएको छ ।
सर्वोच्च अदालतले रवि छामिछाने नागरिकता प्रकरणमा दोषी ठहर गरेसँगै उनको सांसद पद खारेज भएको थियो । रिक्त उक्त क्षेत्रमा निर्वाचन आयोगले उपचुनावको घोषणा गरेको थियो ।
यसैबीच ८ दलीय नयाँ गठबन्धनले साँझा उम्मेदवार उठाउनेबारे अनौपचारिक छलफल सुरु गरेको छ । गठबन्धनमा आवद्ध दलहरुले औपचारिक निर्णय गर्न भने बाँकी छ ।