आज :

राष्ट्रपति निर्वाचन कार्यतालिकाः आज उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशित

  • अनलाइन डबली

काठमाडौँ । आज राष्ट्रपतिका उम्मेदवारीले आफ्नाे उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने समय रहेको छ ।

त्यस्तै, आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ । नेम्वाङलाई भने एमालेबाहेकका दलले खुलेर साथ दिएका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेमकिपाले राष्ट्रपतिमा कुन दलका उम्मेदवारलाई सघाउने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् ।

उम्मेदवारद्धय भने विभिन्न राजनीतिक दल र शीर्ष नेताहरूलाई भेटेर आफूलाई सघाउन आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal