
काठमाडौं । जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषित हुने भएकाक छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेसँगै राष्ट्रिय सहिद घोषणा हुने भएका हुन् ।
जनयुद्धसँगै जनआन्दोलन र मधेस आन्दोलनको क्रममा राज्यबाट मारिएका व्यक्तिहरुलाई सहिद घोषणा गरिएपनि राजपत्रमा नाम प्रकाशित नहुँदा सहिदको मान्यता पाएका थिएनन् ।
यसअघि जनआन्दोलनमा मारिएका केही व्यक्तिहरुको नाम मात्रै राजपत्रमा प्रकाशित गरिएको थियो ।
२०६५ पुस ९ गते घोषणा गरिएका ६ हजार ३४४ जनाको नाम अहिले राजपत्रमा प्रकाशित गर्न लागिएको र छुटहरुको नाम फेरि अर्को चरणमा गर्ने बताइएको छ ।