आज :

अस्ट्रेलियाले छैटौं पटक जित्यो महिला टी.२० विश्वकप क्रिकेटको उपाधि 

  • अनलाइन डबली

काठमाडौं । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराउँदै महिला टी-२० विश्व कप क्रिकेटको उपाधि जितेको छ । यो उपाधि अस्ट्रेलियाको लागि छैटौं हो ।

गएराति केपटाउनमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई १९ रनले हराएसँगै अस्ट्रेलिया उपाधि जित्न सफल भएको छ । अस्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेलिन् ।

यस्तै, चलोइ ट्रायनले २५, मरिजानी कप्पाले ११ र ताजमिन ब्रिटिसले १० रन बनाइन् । अस्ट्रेलियाका लागि मेगन स्कुट, एश गार्डनर, डारसी ब्राउन र जेस जोनासेनले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि बेथ मुनीले ७४ रनको योगदान गरिन् । यस्तै, एश गार्डनर २९, अलेसा हिलीले १८ तथा ग्रेस ह्यारिस र मेग लनिङले १०/१० रन बनाए । दक्षिण अफ्रिकाका लागि मरिजानी काप र शवनिम स्मेलले समान २/२ विकेट लिए भने नोनकुलुलेको माल्बा र चलोइ ट्रयनले एक/एक विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal